सिन्धुली– सुनकोसी गाउँपालिका– ७ कानेढुंग्री स्थित मध्य तराई पाँच जिल्लाका १ लाख २२ हजार हेक्टर क्षत्रमा सिँचाइ गर्ने ३१ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अनुरुप निर्माणाधिन सुनकोसी–मरिण डाइभर्सन सुरुङ्ग मार्गको बैशाख २६ गते वुधवार ‘ब्रेक थ्रु’ गरिएको छ । १३ दशमलक ३ किलो मिटर लामो सुरुङ्गको प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ब्रेक थ्रु’ गरेका हुन । आयोजनाको १३ किलो मिटर मध्य ९९ दशमलव ९९ प्रतिशत सुरुङ्ग निर्माण सम्पन्न भएपछि सुनकोसी गाउँपालिका–७ कानेढुंग्री स्थित सुनकासी नदी किनारामा प्रधानमन्त्री प्रचण्डले सुरुङ्ग बे्रक थ्रु गर्ने कार्यक्रम तय भएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानाकारी दिए । आयोजनाको प्रवेशद्धार कमलामाई नगरपालिका–२कुसुमटारबाट १९ महिना अघि टिबिएम प्रविघिको मेसिनको प्रयोग गरी सुरुङ्ग निर्माण थालिएको थियो । राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना सुनकोसी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ्ग निर्माणको काम कमलामाई नगरपालिका–२ कुसुमटारबाट २०७९ अशोज २८दखि सुरु भएको थियो । सुरुङ्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कोभेकले पाएको थियो । सुनकोसी मरिणमा सुरुङ्ग खन्न मात्र कोभेकले १० अर्ब ५करोड ६८लाखमा ठेक्का पारेको थियो । कानेढंङ्गीस्थित सुनकोशी नदीमा ३०मिटर उचाइ र१सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ्ग मार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कुसुमटार स्थित मरिण खोलामा खसालिने छ । त्यहाँ६६ मिटर उचाइबाट पानी झरेर३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गरिन्छ । वागमती सिँचाइ आयोजनाको पूवाधार प्रयोग गरेर तराईका बारा,रौतहट, सर्लाही,महोतरी, र धनुषामा १ लाख २२ हजाार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा प¥यउने लक्ष्य रहेको आयोजना प्रमुख बरालले भनाइ छ । सुनकोसी नदीमा बाँध बाँध्ने ठेक्का पटेल–रमन जेभीले पाएको छ ।
पटेल भारतीय कम्पनी भए पनि काम नेपाली कम्पनी रमन कन्स्ट्रक्सनले गरिरहेको छ । बाँध निर्माण थालिएको १६ महिनाअघि हो । २०८४ असोजमा सम्पन्न गर्ने गरी सुनकोसीमा बाँध निर्माण लगाएत काम गर्न पटेल–रमण जेभीले १२ अर्ब रुपयाँमा ठेक्का लिएको हो । अहिलेसम्म कफर ड्याम जमिनमुनिको पिल्लर राख्ने लगाएत ८ प्रतिशत मात्र प्रगति भएको छ । आयोजनाको चालु आर्थिक वर्ष २०८० ÷०८१मा बाँध निर्माणको काम १८प्रतिशत सक्ने लक्ष्य राखेको छ । आयोजकले सुरुङबाट पानी मरिण खोलामा खसाली कुसुमटारदेखि बागमतीसम्मको ४४ किलोमिटर क्षेत्रलाइ ७ वटा प्याकेज बनाएर नदी नियन्त्रणको काम सुरु गरिएको छ समग्र आयोजनाको भौतिकतर्फ ३० प्रतिशत र वित्तीय २८प्रतिशत प्रगती भएको छ । ४९अर्ब ४२ करोड कुल लागत रहेको आयोजना निर्माणमा हालसम्म आयोजना निर्माणमा ११ अर्ब ९१ करोड १९ लाख र्खचभएको छ आयोगनाको बे्रक थुका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख आतित्थ्यामा भएको थियो । अमेरीका दुताबासका प्रतिनिधिहरु,माननीय संघका संसदहरु बाग्मति प्रदेश माननीय संसदहरु पत्रकारहरु विकास प्रेमीहरु सिन्धुली सुनकोसी गाउँपालिका कानढुंङ्गा आइपुगेको हो ।