मन्थलीको बस्तीमा डुबानको चिन्ता

रामेछापको सदरमुकाम मन्थलीको तामाकोसी किनारका वस्ती डुबानमा पर्ने भएको हो । सुनकोसी २जलशययुक्त आयोजनाले डुबान गर्ने भनिएको आकाशे,गडुवारी, गाईखुरा, करमबोट,कुनैरी,मन्थली रहातीटारको केही भागमा लागत लिने काम भइसकेको छ ।लागत लिनका लागि सर्वेक्षक टोलटोलमा पसेसँगै स्थानीयमा डुबानको त्रास फेरी बढेको छ । सदरमुकाम मन्थलीको वस्ती आसपास डुबानमा पर्ने जग्गा र सम्पतीको विवरण लिन केहीअघि सर्वेक्षेकहरु घर घर पुगे स्थानीयले उक्त क्षेत्रमा हुने भनिएको डुबानको अन्तिम रुपमा उक्त विवरणलाई लिएका छन् । रामेछाप मन्थलीको ‘यस पटकको त्रास पहिलो हैन’मन्थली आकाशेका स्थानीय प्रकाश श्रेष्ठ भन्छन्— दोलखा च्छो रोल्पा फुट्यो होहल्ल चल्यो त्रास, पोहीरोले तामाकोशीको नदीले थुनियो भन्ने त्रास, ठुलो बाढी भल पहिरोआयो अर्को त्रास विकास हुनेक्रममा रहेको ठाउँलाई एक पछि अर्को मन्थली डुबानको हल्लाले त्रासीत क्षत्र एरपोट आकाशे नागकन्य गडवारी तिनलाल पार्क कुनाउरीको वस्ती विकाश भइसकेका छन् । ‘केही होला कि वस्ती विकासमा फेरि अर्को हल्ला चल्छ्’स्थानीय गोरे माझी भन्छन्—गुम्बा माथी र्ककलादेवी माथिका पाखा भरि३पटक भयो भागाभाग भएको ।

भागेर पाखोमा फेरी फर्कियो्’ माझी भन्छन्—हामी कोशी किनारका बाीस्न्दाले बताउछन् ।नेपाल विद्यत प्राधिकरणले झन्डै १हजार ८सय मेघावाट क्षमताको सुनकोसी २ जलशाययुक्त आयोजनालाई प्राथमिकताको सूचीमा राखेको केही वर्ष भएको छ । नदीनालामा पानीको मात्र हरेक वर्ष घटिरहेकोले अव नेपालमा जलाशाययुक्त आयोजना निर्माणको दबाबमा रहेको प्राधिकरणले उक्त आयोजनाको विभिन्न पक्षमाथि अध्ययन तीव्रपारेको हो । सिन्धुलीको कुखुरेटार र रामेछापको रामपुरको सीमा सुनकासी नदीमा उच्च बाँध बाँधेर सुनकोसीको पानी जलशाय बनाई विद्युत उत्पादन गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । उक्त बाँध निर्माण गर्दा बि. पी.राजमार्ग, खुर्कोट नया शहर तराइदेखि नेपालको बिभिन्न शहर बि.पी.राजमार्ग अन्य क्षेत्र, रामेछापको जिल्ला सदरमुकाम जोड्निे सडक र जिल्ला सदरमुकाम मन्थली, आकाशे विमानस्थल लगायत डुमानमा पर्ने सर्वेक्षकहरुले स्थानीयलाई जानकारी गराएका छन् ।

Scroll to Top