रामेछाप- यही पौष २६ गते देखि सञ्चालन हुने ‘वृहत् रामेछाप महोत्सव २०८०’को मन्थलीमा महोत्सवको तयारी पत्रकार सम्मेलन सम्पन्न रामेछाप उद्योग वाणिज्य संघले आयोजन गरिएको हो । पौष २६ गते देखि माघ ७ गतेसम्म ११दिन सदरमुकाम मन्थलीमा सञ्चालन हुने ‘वृहत् रामेछाप महोत्सव’ले जिल्लामा उत्पादन हुने स्थानीय कृषि उत्पादनहरूको प्रवर्धन गर्नुका साथै सुस्ताउँदै गएको बजारलाई चलायमान गराउने आयोजकको भनाइ छ । महोत्सवको आयोजक संस्था रामेछाप उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सव तयारीको अवस्था बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापामगरले ‘वृहत् रामेछाप महोत्सव’को तयारी तीव्र रूपमा भइरहेको बताए । “रामेछाप दिगो विकास र अर्थतन्त्रको आधार,कृषि,वन,जलस्रोत, मठमन्दिर र पर्यटन तथा पूर्वाधार हाम्रो रामेछाप,राम्रो रामेछाप”महोत्सवको नारा तय गरिएको छ । महोत्सवको तयारीका लागि विभिन्न १५ वटा उपसमितिहरू निर्माण गरी काम भइरहेको रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ । सो महोत्सवले रामेछापको स्थानीय कृषि उत्पादन र पर्यटन प्रवर्धनमा टेवा पु¥याउने साथै सुस्ताउँदै गएको बजारलाई व्यवस्थापन,चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष थापामगरले बताए ।
महोत्सवमा जिल्लाका सबै पालिकाहरूको वडा तहमा उत्पादित कृषि उत्पादनहरू हस्तकलाका सामग्रीहरू सहितका १सय ५० वाट स्टलहरू रहने अध्यक्ष थापामगरले जानकारी दिए । साथै डाँडा पारिका सुनापति गाउँपालिका, दोरम्बा शैलुङ क्षेत्रका सुन्तला,मुन्तला, किवी, एभोकाड, आलु घर तरुल,कन्दमूल सम्पूर्ण उत्पादन चिज ल्याउने माध्यम मिलेको छैन ।अव मिलाएर महोत्सवमा ल्याउने भएको छ । डाँडा माथिका गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाबाट यस पालि भब्य र सब्बे बनाउने तयारीका साथ ६८लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा ५० हजार भन्दा बढीले भद्र भलादमी मानिसहरूले अवलोकन गर्ने अनुमान गरिएको पनि उनले बताए । महोत्सवमा पौष २६गते जिल्ला समन्वय समितिको प्राङ्गणमा उद्घाटन गरिने जानकारी दिए । महोत्सवमा स्थानीय कला संस्कृतिको संरक्षण जगेर्ना र प्रचार प्रसारमा टेवा पु¥याउनका लागि रामेछापमा रहेका विभिन्न जातजातिको भेसभुसा र संस्कृति झल्कने झाँकी प्रदर्शनी हुने उनले बताए । दिगो र निरन्तर उन्नत मन्थली आत्मनिर्भर बनाउँदै महोत्सव हुने भएको छ ।