रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले कर्कलादेवी स्थित होटल एल्लो हाउसमा गत वर्ष४लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । सेयर पुँजी ७ लाख ४३हजार तथा२ करोड १५हजार ५१ रुपैयाँ बचत सङ्कलन रहेको संघले हाल आर्थिक वर्षमा रामेछाप वचत संघको नाफा करिब ५लाख २२ हजार ४सय२२बाइस रुपैया ९ पैसा सङ्घका कोषाध्यक्ष कुल बहादुर कार्कीले जानकारी दिए । शनिवार आयोजित रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको १६औँ वार्षिक साधारण सभामा उनले यो कुरा जानकारी दिएका हुन् । संस्थाका सचिव शिवराज श्रेष्ठले सचिव प्रतिवेदन प्रस्तुत गदै सङ्घमा १ सय ७५वटा बचत तथा ऋण सहकारी संस्था आबद्ध रहेको जानकारी दिए । यस वर्ष सो सङख्य बढाएर १ सय ८० पु¥याउने लक्ष्य राखिएको पनि सचिव श्रेष्ठले बताए । लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्काले जिल्लाका सबै बचत तथा ऋण सहकारी संस्थालाई सघको छातामा ल्याउन सुझाव दिनुभयो । सङ्घमा आबद्ध संस्थालाई सक्रिय बनाउने भूमिका पनि संघले निर्वाह गर्नुपर्ने उहाँको सुझाव छ । संङ्घका जिल्ला अध्यक्ष जगनाथ दाहालको अध्यक्ष तथा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यताकमा साधारण सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मनि राज कँडेलले समग्र देशलाई माथि उठाउने अभियान सहकारी रहेको बताए । सार्वजानिक, निजी र सहकारीको माध्यमबाट मात्र देश माथि उठाउन सकिने उनको भनाई कार्यक्रममा त्यस्तै समस्या ग्रस्त सहकारी व्यवस्थापन समिति सदस्य डीबी बस्नेत भने–कतिपय आपराधिक मानसिकता ग्रस्त मानिसहरू सहकारी सञ्चालक बन्न पुग्दा सहकारी सङ्कट ग्रस्त बनेको बताए । लापरबाहीपूर्ण काम गर्ने मान्छेले सहकारी सञ्चालन ग¥यो भने उनीहरूको जेलको बास निश्चित भएको पनि उनले बताए ।कार्यक्रममा नियोसिस टेक्नोलोजी प्रा.लि. का सियो भोजराज घिमिरेले रा सफ्टवेयरको डिजिटलको बारेमा जानकारी दिएका थिए । नेपाल पत्रकार महासंङ्घ वाग्मती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, रामेछाप जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल,रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद घिमिरे, नेपाल पत्रकार महासङ्घ रामेछाप शाखा अध्यक्ष बद्री नयाँ घरे,दोलख जिल्ला बचत सङ्घका अध्यक्ष भूमिराज खड्का, रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन कुमार थापामगर, सिन्धुली जिल्ला बचत सङ्घका अध्यक्ष मिथिला कुमारी घिमिरे, प्रोक्सन उपाध्यक्ष तथा मकवानपुर जिल्ला बचत सङ्घका अध्यक्ष कल्पना श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभाले दोरम्बा शैलुङ गा.पा.टोकरपुर शिवालय महिला साकोस उत्कृष्ट भएको छ । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घका संस्थापक सोमेस थापा उत्कृष्ट सहकारी अभियानताका रूपमा सम्मानित भएका छन् ।रामेछाप नगरपालिका ८ केवलेश्वर बचत, मन्थली नगरपालिका फुलासी १४ बुद्ध बचत, मन्थली १साहारा बचत, गोकुलगंगा गा.पा. बेताली ४ बेताली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक नानु खत्री सम्मानित भएकी छन् ।






