लखनपुर, कामागाउँ, सानो तिमालडाडा, खानीगाउँ, जागु, डोबल्ला, किटीपा, पौवा, डोरखानी, थापागाउँ, खापु, काफलडाडा, पुडी, टेकसिङ, मगरदर्गा, तामाङदर्गा र पास्रामा बगैँचा भरी सुन्तलाका दानाले पँहेलपुर देखिन थालेका छन् । रोग किरा वोटविरुवा बुढो सुकेको हाँगालाई नियन्त्रण र स्याहार सुसारमा जिल्लाकै अग्रणी ठुलो शैलुङग र सानो शैलुङगको भूगोल रेन्चमा उक्त बगैँचामा यो वर्ष उत्पादन पनि लखनपुर र गौश्वरामा फलफूल उत्पादन बढेको छ । मङसिरको अन्तिम सातादेखि पुषको पहिलो हप्ता बगैँचाका सुन्तला बजारमा पुग्ने छन् । “अलि गुलियो भैसकेको छैन”, ठूले तामाङले भने–अब भने खानाको लागि उपयुक्त हुन्छ । अमिलो जातको फलफूलमा पर्ने सुन्तला यो वर्ष कम उत्पादनसँगै भाउ पनि बढेको छ । केही किसानले बगैँचामा नै साना र ठुला गरी प्रति केजी ८० रुपैयाँसम्म सुन्तला बिक्री गर्न थालका छन् । गत वर्ष केजीको ७५ रुपैयाँ थियो । अघिल्लो वर्षभन्दा यो वर्ष प्रति केजीमा ५ रुपैयाँसम्म सुन्तलाको भाउ बढेको छ । सुन्तलाको जिल्ला भनेर चिनिएको दोरम्बा शैलुङ्गमा यो वर्ष किसानहरूले नचिताएको उत्पादन भएको छ । रोग किरा नियन्त्रणका लागि किसानहरूले अभियान चलाएपछि दाना लागेका सुन्तला सबै पाकेका छन् । केही वर्ष अघिदेखि रामेछापमा फल कुहाउने औँसा किराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म सुन्तला झरेर नास हुने गरेका थिए । सुन्तला बोटमा रहे पनि त्यसमा पनि लाई सेतो खरानी किरा भेटिन्थ्यो । यो वर्ष उत्पादन हवातै घटेको र रोग किरा छैन । गत वर्ष खापुमा कृषि ज्ञान केन्द्र रामेछापले गएको गत वर्ष विषादी छर्ने काम गरेको छ ।
किसानको बगैँचामा पहेँलपुर भएको हो । दोरम्ब शैलुङ्ग गाउँपालिकाले पुडी सुन्तला पकेट क्षेत्र घोषणा गरी गत वर्ष ०७९÷०८०आ. व. कृषि औजार विषादी दिएको छ । दोरम्बा शैलुङ्ग गाउँपालिकाले डडुवा, दोरम्बा, टोकरपुर, गौश्वरा, गुन्साल, लखनपुर र लखनपुर थापागाउँ सुन्तला, जुनार, कागती, किवी, मुन्तला, जपनीज हलुवाबेद, एवोकाडो लगाएतका फलफूल नर्सरीका बोटबिरुवा अनुदानमा दिएको दोरम्बा शैलुङ्ग गाउँपालिका उपाध्यक्ष खमला थाममगरले बताइन । सानो शैलुङ्ग क्षत्रमा पर्ने लामो झरना रमणीय छ सडक वागढुङ्गा गौश्वरा टोकरपुरसम्म, भोटनागी डडुवा, दोरम्बा र टोकरपरसम्म, पुडीटार जागु गुन्साल कोटरपुरसम्म र चौरीखोला, सालबोटे लखनपुर गुराँसे गुन्साल पुन्चेत टोकरपुर गाउँपालिकासम्म सडक सन्जाल पुगेको छ । सुन्तलाको बजारहरू दोलालघाट, बनेपा, कालीमाटी, भक्तपुर ललितपुर चितवन आदि व्यवस्थापन गरी बिक्री वितरण गरेको छ । पर्यटका लागि फलफूल, हरिया सागपात आलु काउली गोल भेडा वन, जङ्गल, चराचुरुङ्गी स्याल बाघ मलसाँप्रो जिवजन्तु जमिन, पानी, छाँगा, झरण, बाटो, सडक, अग्ला, डाँडा, होमस्टे, होटल, मठ मन्दिर, गुम्बा आदि दोरम्बाशैलुङग गाउँपालिकामा धार्मिक पर्यटन क्षेत्र र कृषि पर्यटन क्षेत्रका आवश्यकताको खाँचो छ । सुन्तला जोन कार्यक्रम लागु भएको छैन । रामेराममा कृषि ज्ञान केन्द्रले नर्सरी व्यवस्थापन, सिँचाई पूर्वाधारको निमार्ण, रोग किरा नियन्त्रण, विरुवा वितरण, बगैँचा सुधार कार्यक्रम लगाएतमा किसानलाई सहयोग गर्दै आएको छ । त्यसका अतिरिक्त प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि सुन्तला उत्पादन र प्रवर्धनमा काम गरिरहेको छ ।
लखनपुरको थापागाउँभरी माहुरीका घार
लखनपुर थापागाउँ स्थित मौरी एक प्रकारको किरा भनिएको हो । मौरी फाइदाजनक किरामा पर्दछ । यसले बोटबिरुवा परगचेसन गर्दछ । कवीन्द्र मोतान तामाङले भने–मौरी पालनमा मैले १५० घार साथै मह,कुट,मैन र शाही खुराक जस्ता बढी मूल्यमा विक्री हुने वस्तुहरू उत्पादन पनि गर्दछ । “मौरी पालन” विज्ञान र कला हो । यसले व्यवस्थित तरिकाले मौरी पालेर मौरी, बोट चिरुवा,खेती बाली र वातावरणसमेतको समष्टिगत संरक्षण र विकास गरी मानिसलाइ आम्दानी लिन सिकाउँछ बताउँछन् ।मह र कुट मौरीका मुख्य आहारा हुन् । यी आहरालाई खान र पचाउनका लागि माहुरीलाई पानी पनि चाहिन्छ ।मौरीको रानु र छाउराले शाही खुराक खान्छन् मौरीले बोटबिरुवाको फूलमा पाइने रस बटुलेर मह बनाउँछन् साथै धुलो बटुलेर कुट बनाउँछ । यी खाद्य वस्तुलाई पछि अभावको समयमा खानाका लागि घारका चाकामा भण्डार गरेर राख्छ ।मौरी आफैले जम्मा गरेर राखेको आहारालाई मौरीको प्राकृतिक आहारा हो । फलहरू पुल्छ र मौरीलाई रस,पराग कण प्राप्त हुन्छ युवाहरू विभेद भन्दा नेपालमा मौरी पालनमा गरी रोजगारीका लागि मौरी पालन गर्न थालेका छन् ।