नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले मात्रै विकास गर्न सक्ने बताएका छन् । एमालेको नेतृत्वबाट मात्रै देशकाे विकास हुने दावी गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारबाट देश विकास सम्भव नभएको जिकिर गरे। ओली भने– देश विकास गर्ने एमालेले हो । हामीले नै हो देश बनाउने । राष्ट्रियता, विकास र सुशासनको काममा वर्तमा गठबन्धनको सरकारले कुनै माखो नमारेको बताउँदै एमालेले सुरु गरेका कयौँ राम्रा र जनताका योजना अलपत्र पारेको आरोप लगाएका छन् । सुदूरपश्चिम प्रदेशको झुलाघाट मध्य पहाडी पुष्पलाल र्मागबाट १२ दिन लामो सङ्कल्प यात्राको क्रममा सोमवार रामेछापको मन्थली तीनलाल पार्कमा आइपुगेका एमाले अध्यक्ष ओलीले राजमार्गमा खेप्न परेको पीडालाई शब्दमा उतारे उनले मध्य पहाडी सडक कुनै राजमार्गको जस्तो नभएको गुनासो गरे उनले राजमार्गको गुणस्तरमा चिन्ता प्रकट गर्दै भने – यस्तो सडकलाई के राजमार्ग भन्नु ? सुरु गरेका सडक र अस्पतल उही अवस्थामा छोडिएकोमा आक्रोस प्रकट गरे । विश्वमा कम्युनिस्टहरू पराजित भएको र समाजवादी आन्दोलनमा फुट देखा परेको बेला नेपालमा कम्युनिस्टले दुई तिहाइ ल्याएर सरकार बनाएको प्रसङ्ग उल्लेख गर्दै ओलीले यो सरकार लोभी पापीले हटाइदिएको आरोप लगाए । ओलीले भने- देशी विदेशी तत्त्वलाई सह्य भएन, सरकार ढाले देशमा आर्थिक रूपमा दिन प्रतिदिन ओरालो लागेको, युवाशक्ती बिदेसिने क्रम बढ्दो छ ।
पूर्व प्रधानमन्त्री ओलीले नयाँ प्रविधिको प्रयोग गरी कृषि र आयआर्जन मार्फत देशमा नै रोजगारी र उद्यमशीलताको विकास गर्नु पर्नेमा जोड दिए । महिला र युवाहरुलाई विशेष आग्रह गर्दै ओलीले भने–अरूले आएर हाम्रो देश बनाइदिँदैन, देश बनाउने हामीले नै हो । कार्यक्रममा नेकपा एमालेका रामेछाप जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठले ओलीलाई स्वगत र मध्य पहाडी राजमार्ग र जिल्लाका प्रमुख चिनारी सहित को मायाको चिनो हस्तान्तरण गरेका थिए । मञ्चमा पुगेपछि सुनुवार पहिरनमा सजिएका ओलीले जिल्लाका खानेपानी,विद्यालय,खेलकुदका पूर्वाधार लगायतको विकासका लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । कार्यक्रममा रामेछापमा कृषि र पशुपालनको क्षेत्रमा उल्लेख्य कार्य गर्ने ९ जना अगुवा किसानलाई सम्मान गरिएको थियो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव,सचिव, उपसचिव,केन्द्रीय समितिका सदस्यहरू ओली नेतृत्वको कार्यकर्ता झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राका क्रममा विज्ञहरू,सञ्चार कर्मी,सुरक्षाकर्मी लगायतका कार्यकर्ता सहभागिता थियो ।