सुनापति गाउँपालिकाको तीन वटा वडामा वडस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । वडा अध्यक्षको संयोजकत्वमा १९देखि २१सदस्यीय समिति गठन गरी वार्षिक कार्य योजना तय गर्नुका साथै अभिमुखीकरण समेत गरिएको हो । सुनापति गाउँपालिकाको वडा नम्बर एक गुन्सीमा वडा अध्यक्ष ध्रुव प्रसाद चौलागाईको संयोजकत्वमा समिति गठन गरी सदस्य सचिवमा वडा सचिव टङ्कराज बस्नेत रहेका छन् । समितिका सदस्यहरूमा रीता धमला कार्यपालिका सदस्य,वडा सदस्यहरू चन्द्रबहादुर तितुङ, डोल कुमारी तिमल्सिना,अरुण कुमार यादव, स्वास्थ्य चौकी इन्चार्ज, सुनेन्द्र कुमार यादव अस्थायी प्रहरी पोस्ट बोजिनिका इन्चार्ज, कविन लामा शतलिङ्गेश्वर मा०वि० प्रधानाध्यापक,नानुका मगर खानेपानी तथा सरसफाइ उपभोक्त समितिमा रहेका छन् । त्यसै गरी सुशील गौतम वडास्तरीय बाल सञ्जाल,भिम तितुङ होटल व्यवसायी, सबिन चौलागाई पसल व्यवसायी, सोम तितुङ सामुदायिक वन उपभोक्ता समिति, टीकामाया मगर महिला सहकारी, सुमित्रा लामिछाने आमा समूह सन्तोष गौतम युवा क्लब र अमृत भुजेल युवा सञ्जाल रहेका वडा सचिव टङ्कराज बस्नेतले जानकारी दिए । त्यसै गरी वडा नम्बर ५ खनियपानीमा वडा अध्यक्ष चित्रबहादुर मानन्धर संयोजकत्वमा गठन गरिएको समितिको सदस्य सचिव क्षितिज ज्ञवाली रहेका छन् ।सदस्यहरूमा हरिमाया श्रेष्ठ कार्यपालिका सदस्य, वडा सदस्यहरू रामहरि जर्का, कमला वि.क., विनोद मण्डल स्वास्थ्य चौकी इन्चार्ज, चन्द्र मानन्धर सामुदायिक स्वास्थ्य इकाई इन्चार्ज, अस्थायी प्रहरी पोस्ट इन्चार्ज रामबहादुर तामाङ श्रीकृष्ण पुरी मा.वि.प्रधानाध्यापक, राजु लामा युवा क्लब, टुलाराम श्रेष्ठ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति रहेका छन् । त्यसै गरी सुशन लामा वाल समूह, देवेन्द्र मानन्धर होटल व्यवसायी, अस्मिता तामाङ किरण पसल,किरण श्रेष्ठ महिला सहकारी, शान्ति मानन्धर आमा समूह,उमेश मानन्धर युवा सञ्जाल, कृष्णकुमारी मानन्धर, महिला स्वास्थ्य स्वयं सेविका सूर्यबहादुर मानन्धर वित्तीय संस्था, कल्पना खड्का महिला, सोनिया थापा महिला र गोपाल श्रेष्ठ बुद्धिजीवी संगठनमा रहेको चित्रबहादुर मानन्धरले जानकारी दिए ।
वडा नम्बर तीन हिलेदेवीमा वडा अध्यक्ष कुलबहादुर थिङको संयोजत्वमा गठन गरिएको समितिको सदस्य सचिवमा वडा सचिव कृष्ण बहादुर कटुवाल रहेका छन् । सदस्यहरूमा टासी लामा कार्यपालिका सदस्य, वडा सदस्यहरू तारा कार्की, टेकबहादुर श्रेष्ठ कमला जैरु रहेका छन् । २१ वटा समिति गठन भएको वडा अध्यक्ष कुलबहादुर थिङले जानकारी दिए । कार्यक्रमको सहजिकरण सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले गरेका थिए । वडा स्तरीय खानेपाी, सरसफाइ,तथा स्वच्छता, समन्वय समितिको काम कर्तव्य र भूमिका विषयमा छलफल गर्दै वार्षिक कार्य योजना समेत तय भएको ।कार्यक्रम सुनापति गाउँपालिका र वडा कार्यपालिकाहरूको समन्वय तथा सामुदायिक विकास समाज महिला तथा बाल बालिका सशक्तीकरणः स्वस्थय तथा सरसफाइ परियोजनाको आयोजनामा भएको थियो ।