नाग पञ्चमी र जनै पुर्णिमाको महत्व मनाउ
सर्वभृतेष यःपश्येद् भगवद् भावमात्मनः।
भृतानि भगवत्यान्येष भागवतोतमः।।
जुन मानिस समस्त प्राणीलाई भगवान्को छायाँ देख्दछ र सबै प्राणी ईश्वरको अँशस्वरुप मान्दछ त्यही नै भजवन्को परम भतm हो ।यसरी सबै जातिले आफना आफना जातिअनुसार शास्त्रले बताएका आचारहरुलाई परिपालन गर्दै जीवन यापन गर्नु ज्यार्दै रामा्र कुरा हुन जानेछ । अन्त्यमा आत्मा शान्ति मिल्ने हुन्छ ।
जति सुकै रामा्रे भएता पनि “पर धर्मो भया वह”हुन जनेछ । आजभोलि कलियुगको प्रभावले गर्दा मानवजातिले आ–आप्mना सदाचार छोडी धर्मलाई केवल जीविकाको साधन बनाएको कतै पाइन्छ भने कतै स्वधर्मलाई स्वर्थवस त्यागेको पनि पाइन्छ यसो गर्नाले मानवजातिको क्षणिक कल्याण दखिए तापनि अन्त्यमा कल्याण हुन सक्दैन ।यही विचार गरेर सबैले भगवान्को प्राप्तिको लागि नित्य कर्म गरुन् भन्ने धारणा र यस्तो शिक्षा विद्मालय तथा महा विद्मालयमा पनि पढाउने ब्यवस्था भएमा “हिन्दु सदाचारको”बीजको टुसा उम्री समस्त हिन्दु राज्यमा फैली “सदाचारमा” सबै सुसँस्कृत भएको खण्डमा विश्व शान्तिको लागि ठुलो मद्दत पुग्ने थियो ।
देशै भरि यस दिन नागको शिलाथान चित्र बनाएर पुजा गरि घर ढोकामा टाँस्नाले विजुली बज्र अग्नि आदिबाट भय हुदैन।
नव नाग मन्त्र स्तोत्र–
अनन्तो वासुकिःशेषः पद्मनाभश्च कम्वलः।
धृतराष्ट्रःशङखपालस्तक्षकःकालियस्तथा ।।
एतानि नवनामानि नागानाँ च महात्मनाम्।
सायँकाले पठेन्नित्यँ प्रातःकाले विशेषतः।
तस्य नास्ति विषभयँ सर्वत्र विजयो भवेत्।।
अनन्त,वासुकि,शेष,पद्यनाभ,कम्वल,धृतराष्ट्ट,शङ्खपालङ्ख,तक्षक,कालीय
यी नौवटा नागहरुका नाम हुन् विहान बेलुका जसले पाठ गर्दछ त्यसलाई सर्पको भय हुदैन । सर्वत्र विजय पनि हुन्छ । वर्ष दनि भरमा नागको शिर निम्न बमोजिम हुन्छ । भाद्व, आश्विन ,कार्तिकमा–पुर्वतर्फ,मार्ग,पौष,माघमा–दक्षिणतर्फ फागुन,चैत्र,वैशाखमा–पश्चिमतर्फ जेष्ठ,आषाढ, श्रावणमा उत्तरतर्फ ।
ॐयेनबद्वो……………………
श्रावण महिनाको पुर्णिमाको दिन स्नान कर्म ऋषि तर्पण र ब्राहण पृजा समेत गरी द्विजातिले यज्ञोपवीत रक्षासृत्र विधि पृर्वक शोधन गरी हातमा डोरो तथा सर्सियु,फुल अक्षता सहित पोटलीका लगाउनृ। पहिले वैदिक काल देखिनै वर्ष दिनसम्म वेद पँढदा खेरि हुन गएको त्रुटिजन्य प्रत्याय र आजकाल पनि कहिलेकाहि वेद श्रवण तथा पठनमा हुनगएको त्रुटिजन्य प्रत्यवायशान्तिको निमित उपाकर्म र उत्सर्जन कर्म गर्नु पर्दछ ।श्रावण शुक्ल पृर्णिमाको दिन विधिपुर्वक पञचगब्य प्राशन गरेर कुश, दुवो,अपामाग, तिल,जौ,शुद्वोमाटो,गोवर आदि लिएर तीर्थ वा जलासयमा गएर शिखावाधेर अघमर्षण गरी गोवर माटो भष्म समेत शरीरमा लगाई वैदिक मन्त्र,द्वारा स्नान गर्नु र सप्तऋषि –कश्यप,अत्रि,भरद्वाज,विश्वामित्र,गौतम,जमदग्नि,वसिष्ठ रअरुन्धती समेतको पुजा गरी रक्षा बन्धन र यज्ञोपवीतको अभिमन्त्रण गरी लगाउनु पर्दछ ।ब्राह्मण,क्षेत्रीय,वैश्यले यो कार्य गर्नु पर्दछ ।हरिहर भाष्य अनुसार (जनै)यज्ञोपवीत नौ डोराको नौ देवताको नमा जनैमा नौसुत र तीन डोरा हुन्छन्। तीनको पनि एक गुढ रहस्य । ॐकारःप्रथमे तन्तौ द्वितीयेऽग्नि स्तथैवच ।
तृतीये नागदैवत्यँ चतुर्थे सोमदेवता ।।
पञचमे पितृदैवत्यँ षष्ठे चैव प्रजापतिः।
सप्तमे मारुतश्चैव ह्यष्टमे सृर्य एव च ।।
सर्वे देवाँस्त नवम इत्येतास्तन्तु देवताः ।
ब्रहमनोत्पादितँ सुत्रँ विष्णुना त्रिगुणी कृतम् ।
रुद्वेण दत्तो ग्रन्थिर्वै सावित्रया चाभिमन्त्रितम् ।।
जनैको नौसुतेमा भिन्न भिन्न नौ देवताको अधिष्ठान छ । ती देवताहरुका भिन्न भिन्न नौ गुणका साथ यज्ञोपवीत धारण द्वारा द्विजातिको बालक नबै गुणले भुषित हुन जान्छ ।प्रथम देवता ॐकारको गुण ब्रहज्ञान द्वितीय देवता अग्निको गुण तज,तृतीय देवता अन्नतको गुण धैर्य, चतुर्थ देवता चन्द्वको गुण सर्व प्रियता, पञचाम देवता पितृगणको स्नेहशीलता,षष्ठ देवता प्रजापतिको गण प्रजापालन सप्तम देवता वायुको गण बलशीलता अष्टम देवता सुर्यको गुण प्रकाश,नवम देवता सर्वदेवताको गुण सात्विकता हो ।
ब्रहाले सुत्र पैदा गरे,विष्णुले तिनगुण गरे,शिवजीले गाँठो पारे,सावित्रिले मन्तन यस्तो पवित्र योज्ञोपवीत ब्राहण,क्षत्रिय,वैश्य यी तीन जातले धारण गर्नु। नदीमा गएर नित्य स्नान गर्ने शुद्व भएर ठाउँ अनासर अपामार्ग गोवर,दुवो,कुश,तिल,जौ,अक्षता,फुल,खरानी,आदि लिएर तिर्थको किनारामा जाने त्येस पछि पुर्व फर्केर तीर्थको प्रार्थना गर्नु । यसरी प्राथना गरी हापउ धोई आचमन गर्ने रतीन टुक्रा कुश र जौ तिल लिई शङ्गल्प लिने यसरी अभिन्त्रण गरेपछि उक्त माटोलाई तीनभाग गर्री पहिलो भागले पाउमा मात्र लगाउने र त्योभागलाई पखाल्ने,दोस्रो भागले कटि देखि पाउ तर्फ लगाउने र पखाल्ने,तेसो भागले शिरदेखि नाभिसम्म लगाउने र हात धोइ आचमन गरी पुर्व फर्केर स्नान गर्दा सब्यभएर तर्पण गर्ने –बाबा आमा हुनेले पनि गर्न हने पुर्व फर्केर कुशको तीनटुक्रा अक्षता जौ फुल लिएर अञजलीले एक एक पटक पुर्व तर्फ तर्पण गर्ने जुन सत्यले दानवमा श्रेष्ट महावलवान् बलिराज बाधिए । त्यही सत्यले तिमीलाई पनि नियन्त्रण गर्दछु हे रक्षा सुत्र ।तिमी दृढ होउ अष्टमीको दिन माटोको भाडोमा मास,मुगी,चना,भटमास,केराउ,आदि हालेर भिजाइन्छ र पुर्णिमामा क्वाटी पकाएर खाने प्रचलन छ जसबाट वर्षाकालको सर्दि र पेट सम्बन्धि रोगहरु हट्दछन् भन्ने प्रकृतिक परम्परा छ। समाजमा यो भनाई पनि छ ।
गुरु टंकनाथ गौतम