आचरःपरमो धर्मःश्रुत्युक्तःस्र्मात एव च

तस्मादस्मिन्दायुक्तो नित्यंस्यादात्मवान्द्धिजः ।। – मनुस्मृति )

वेद र धर्मशास्त्रद्धारा प्रतिपादित आचर ठूलो धर्म हो । त्यसकारण ब्राहण क्षत्रियादिले त्यसलाई सधै सावधान भई पालना गर्नु पर्दछ ।

बार,ऋतु,महिना,पक्ष र तिथिअनुसार व्यक्तिको जन्मफल

परिचयः पञ्चाङ्गलाई पात्रो भन्ने गरिन्छ । पञ्चाङ्ग भन्ने शव्द पञ्च+अंगको सन्धिले बनेको हो, जसको अर्थ हुन्छ पाँच अंग । यी पाँच अंग—तिथि,बार,नक्षत्र,योग र करण हुन् । तसर्थ पञ्चाङ्ग काल गणनाको प्रमुख साधन पनि हो । एक सूर्योदयदेखि दोस्रो दिनको सूर्योदयसम्मको जुन सावनदिन प्रमाणित समय हो । त्यसलाई बार भनिन्छ ।यी सूर्यदि सातबार छन् । यिनीहरुको नाम आइत,सोम,मंगलं,बुध,बिही,शुक्र र शनिबार हुन् । प्रत्येक मानिसको जन्मको समय आकाशीय पिण्डअनुसार प्रभावित भएबाट व्यक्तिको भविष्य निर्धाण हुने गर्दछ । हरेक ऋतु,पक्ष,बार,तिथि,नक्षत्रमा जन्मको व्यक्तिको भविष्य फल फरकफरक हुन्छ । तसर्थ यहाँ सो समयअनुसार जन्मेको व्यक्तिको फल हो ।

अत्रिगुरु— टंकनाथ गौतम

Scroll to Top