रामेछापमा ज्येष्ठ शताब्दी महिला १०२ वर्षीया नरमाया कार्कीलाई सम्मान


रामेछाप–रामेछाप जिल्ला रामेछाप नगरपालिकाको वडा नं. ८ टुडीखेल चौरस्थित रामेछापमा ज्येष्ठ शताब्दी महिला १०२ वर्षीया नरमाया कार्कीलाई सम्मान भएको हो । रामेछाप हाल सम्पन्न भएको नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन २०८२/८३ एउटा महत्वपूर्ण कार्यक्रम हो । जसले अवकाश प्राप्त सैनिकहरू भूतपूर्व सैनिक र उनीहरूका परिवारलाई एकै ठाउँमा ल्याउने काम गर्छ । यसको मुख्य जानकारी यस कार्यक्रम नेपाली सेनाद्वारा आयोजित “भूतपूर्व सैनिक सम्मेलन २०८२” को अन्तिम कार्यक्रम रामेछापमा सम्पन्न भयो । यो कार्यक्रम विशेषगरी मध्यपूर्व पृतना अन्तर्गतका हिमाली तथा पहाडी जिल्ला भूपू सैनिक र एकल महिलाहरू लक्षित थियो । सहभागी २००० (दुई हजार) भन्दा बढी भूतपूर्व सैनिक तथा परिवारजन सहभागी भएका थिए । उद्देश्य यस सम्मेलनको मुख्य नारा थियो “पुनर्मिलन हितकारीको कल्याण र कोषको दिगोपन” । भूपू सैनिकहरू बीच पुनर्मिलन र अनुभव आदान–प्रदान, बहालवाला र अवकाश प्राप्त सैनिक बीच सम्बन्ध मजबुत बनाउन, शिक्षा, स्वास्थ्य, स्वरोजगार ल्याउन कल्याणकारी योजना बारे जानकारी दिन, भूपू सैनिक तथा परिवारका समस्त सुझाव संकलन गर्न लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ६ खिम्तीकी १०२ वर्षीया नरमाया कार्कीलाई “ज्येष्ठ शताब्दी महिला” का रूपमा सम्मान गरिएको छ । अन्य भूतपूर्व अवकाश प्राप्त सेना पनि सम्मानित भएका छन् । मन्थली ५ का कृष्णबहादुर कार्की, मन्थली ११ ज्ञानबहादुर बुढाथोकी, लिखु गाउँपालिकाको ८ ओखलढुंगा देवकुमारी पौडेल, उत्कृष्ट अभिभावकहरू मन्थली १ यमबहादुर बुढाथोकी, मिश्रा थापा, मन्थली ८ कविता घिमिरे, सिन्धुली कमलामाई ४ रत्नमाया खाती लगायतका उद्यमी तथा भूतपूर्व सैनिकलाई पुरस्कार र प्रशंसापत्र वितरण गरिएको छ । अशक्त २४ जना भूपू सैनिकहरूलाई व्हीलचेयर र बैसाखी वितरण कार्यक्रम रामेछापको खड्गदल गण बटालियनमा आयोजना गरिएको थियो । भूतपूर्व सैनिक र बहालवाला सैनिकलाई बलाधिकृत रथी प्रदीपजंग के.सी. ले सम्बोधन गर्दै नेपाली सेना र सैनिक कल्याणकारी कोषको समन्वयमा सञ्चालन गरिएको समग्र महत्व यस्तो सम्मेलन २०७० सालदेखि निरन्तर हुँदै आएको कार्यक्रम हो । देशभरका भूपू सैनिकहरूलाई चरणबद्ध रूपमा समेट्दै ३ वर्षमा राष्ट्रिय स्तरमा सञ्चालन गरिन्छ । यसले भूपू सैनिकहरूको आत्मसम्मान, सामाजिक सुरक्षा र जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने लक्ष्य राख्छ । यसैगरी जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको छ । यस कार्यक्रममा विभिन्न जातजातिहरूको झाँकी, कर्कला देवी स्कुलका एनसीसी स्काउट प्रदर्शन, सांस्कृतिक नृत्य, सैनिक व्यायामका साथै कार्यक्रम सम्पन्न भएको थियो ।

Scroll to Top