रामेछाप । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. १ स्थित दोङाक सम्डुप छ्योलिङ गुम्बा तेक्षिम रामेछाप, रामेछापमा ग्याल्वो ल्होसार गुम्देल शेर्पा समुदायको भूमिकाद्वारा कार्यक्रमको आयोजना भएको हो । ग्याल्वो ल्होसार शेर्पा समुदायको प्रमुख नयाँ वर्ष पर्व हो । यो विशेष रूपमा हिमाली क्षेत्रमा शेर्पा र केही तामाङ तथा तिब्बती मूलका समुदायले उत्साहका साथ मनाउँछन् । प्रायः फागुन महिनातिर पर्छ, फेब्रुअरी–मार्च यसको तिब्बती चन्द्र पात्रो अनुसार निर्धारण हुन्छ त्यसैगरी हरेक वर्ष फरक दिन पर्छ । मुख्य रूपमा शेर्पा समुदाय, तिब्बती मूलका समुदायले यो वर्ष विशेष गरी नेपालका हिमाली जिल्लाहरू सोलुखुम्बु, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा र सिन्धुपाल्चोकमा भव्य

रूपमा मनाइन्छ । रामेछापको गुम्देलमा आफ्ना घर आँगन सफा गर्ने र सजाउने काम भएको छ । यस ठाउँमा २०१६ सालमा स्थापना भएको गुम्बा समितिका दानुरी लामा प्रमुख, दोर्जी शेर्पा आयोजक प्रमुख, गुम्बामा पूजा आराधना गर्ने, परम्परागत पोशाक लगाउने, सांस्कृतिक नाचगान गर्ने, परिवार तथा आफन्तसँग भेटघाट गर्ने, विशेष परिकारहरू खाप्से र थुक्पा आदि बनाइन्छन् । नाम “ग्याल्वो” राजा, “ल्हो” वर्ष, “सार” नयाँ राजाहरूको नयाँ वर्ष भन्ने अर्थ लाग्छ । यो पर्व तिब्बती परम्परासँग सम्बन्धित छ । तिब्बतबाट उत्पत्ति भएको मानिन्छ । उमाकुण्ड गाउँपालिकाको वडा नं. १ गुम्देलका वडा अध्यक्ष ङवातिन्डु शेर्पा, ऋग्वेद प्रपन्नाचार्य तथा उमार्तिथ डटकमका प्रधान सम्पादक टंकप्रसाद गौतम, नारी समाज, शिक्षक, विद्यार्थी समाजका गनेमाने गाउँलेहरूको विशेष उपस्थिति रहेको थियो । दोङाक सम्डुप छ्योलिङ गुम्बाको लागि सहयोगी दाता रकम दिनेहरू पेम्बा शेर्पा लगायतका २१ जनाले आर्थिक, भौतिक तथा नैतिक सहयोग उल्लेखनीय टेवा पुर्याएको छ । गुम्बा तथा गुम्बा व्यवस्थापन समितिको तर्फबाट प्रशंसा पत्रले उच्च सम्मान व्यक्त गरिएको छ । नयाँ वर्षको स्वागत, पुरानो वर्षका दुःख कष्टलाई विदाइ, शान्ति, समृद्धि र सुख सम्पन्नताको कामना, समुदायबीच एकता, सम्बन्ध सुदृढ गर्ने अवसर दोङाक सम्डुप छ्योलिङ गुम्बा समितिले गरेको छ ।












