रामेछाप । रामेछाप जिल्ला मन्थली नगरपालिका सदरमुकाममा शिक्षित, स्वस्थ, व्यावसायिक सहर : उत्थानशील र समृद्ध मन्थली नगर। मन्थली नगरपालिका नगरकार्यपालिकाको कार्यालय, मन्थली, रामेछाप, बागमती प्रदेश, नेपालद्वारा शिक्षक मेन्टेरिङ सम्बन्धी अभिमुखीकरण, कार्ययोजना निर्माण तथा प्रमाण–पत्र वितरण कार्यक्रम २०८२ फागुन १ गते भएको हो। मन्थली नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गरिएको छ।
शिक्षक मेन्टेरिङ अनुभवी शिक्षक मेन्टरले नयाँ वा कम अनुभव भएका शिक्षक मेन्टीलाई पेशागत मार्गदर्शन, सहयोग र प्रेरणा दिने प्रक्रिया हो। यसको उद्देश्य शिक्षण र सिकाइ गुणस्तर सुधार गर्नु, शिक्षकको आत्मविश्वास बढाउनु, विद्यालयमा प्रभावकारी शैक्षिक वातावरण सिर्जना गर्नु हो।
शिक्षक मेन्टेरिङका मुख्य उद्देश्य यसमा शिक्षकलाई विद्यालय प्रणाली र संस्कृतिसँग परिचित गराउने, पाठ योजना, मूल्याङ्कन र शिक्षण विधिमा सुधार ल्याउने, पेशागत नेतृत्व क्षमता बढाउने, निरन्तर पेशागत विकास सुनिश्चित गर्ने हुन्। यसका मार्गदर्शक, प्रशिक्षक, सल्लाहकार, प्रेरक, मूल्याङ्कनकर्ता रहेका छन्।
यसका विशेषता नियमित भेटघाट, छलफल, विश्वास, पारदर्शिता, स्पष्ट लक्ष्य निर्धारण, सकारात्मक तथा रचनात्मक प्रतिक्रिया कायम राख्ने हुन्। शिक्षकमा कार्य सम्पादन सुधार, विद्यार्थी सिकाइ उपलब्धि वृद्धि, विद्यालयमा सहकार्य र सहकार्य संस्कृतिको विकास, शिक्षक टिकाउपन वृद्धि, प्रधानाध्यापकको भूमिका, विद्यार्थीहरूको मिहिनेत र व्यवस्थापन, अभिभावकको क्षमता तथा काम गर्ने योग्यताले विद्यालय सुधार गरिन्छ।
मन्थली नगरपालिकाको शिक्षक मेन्टेरिङ सम्बन्धी अभिमुखीकरण, कार्य योजना निर्माण तथा प्रमाण–पत्र वितरण कार्यक्रममा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठको अध्यक्षतामा तथा मन्थली नगरपालिकाकी उपमेयर एवं प्रमुख अतिथि इश्वरी बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो।
उक्त कार्यक्रममा लव श्रेष्ठले शिक्षण विधि सुधार गर्नु र विद्यालयको समग्र शैक्षिक गुणस्तर बढाउनु, समान तहका शिक्षकबीच अनुभव आदान–प्रदान, अनुगमन र मूल्याङ्कन गर्ने बताउनु भयो। कार्यक्रम सम्पन्न भएको हो।












