मन्थली नगरस्तरीय कृषि तथा पशु उद्यमी २६ र २७ गते प्रदर्शनी मेला

रामेछाप—रामेछाप जिल्ला मन्थली नगरस्तरीय कृषि तथा पशु प्रदर्शनी मेला वडा नं. १ हाटेचौरमा २०८२ पुस २६ र २७ गते प्रदर्शन गरिएको मेलामा १ देखि १४ वडाका वडाबासीहरूले बालीतर्फ ३६, पशुपन्छीतर्फ ६ र लघु उद्यमतर्फ ११ गरी जम्मा ५३ रहेका छन् । उत्कृष्ट कृषक उद्यमीहरूलाई पुरस्कार, खाना–बस्न सुविधा युक्त भएको हो । व्यवसायीहरूलाई प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय मधुसुदन पौडेलको प्रमुख आतिथ्यमा भएको छ । उहाँले रामेछाप जिल्ला सदरमुकामको भूगोल, वातावरणलाई लेक–बेँसी, जाडो–गर्मी समय अनुकूलमा पनि किसानले आफ्नो परिश्रमको फल गेडागुडी, फलफूल, तरकारी, खसी, बोका लगायतको उत्पादन सामग्री बजारसम्म पुर्‍याएकोमा कृषकलाई धन्यवाद दिनुभयो । त्यसैगरी नगरस्तरीय कृषि तथा पशु उद्यमी प्रदर्शनी मेला पत्रकारसँग अनुभव आदान–प्रदान गरी छिमेकी गाउँपालिकाहरूले पनि कृषि मेलाको अवलोकन गरिएको थियो । कृषि मेलामा उत्कृष्ट कृषकलाई प्रमाणपत्र नगदसहित समानसाथ नगर प्रमुखले २ दिने कृषि मेला समापन गर्नुभएको थियो ।

Scroll to Top